मुम्बई, बैशाख १८ । बलिउड अभिनेता ऋषि कपुरको स्वास्थमा एक्कासी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनलाई उनलाई बुधबार मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्ययमहरुले खवर लेखेका छन् ।
क्यान्सरबाट पीडित उनलाई श्वासप्रश्वासको समस्या भएको र हाल उनको अवस्था स्थिर रहेको समाचारहरुमा जनाइएको छ ।
बीबीसीले समेत समाचारको पृष्टि गर्दे कपुरको एक बर्षसम्म अमेरिकामा क्यान्सरको उपचार गराएका थिए । गत सेप्टेम्बरमा भारत फर्किएका उनलाई फेब्रुअरीमा पनि यस्तै खालको स्वास्थ्यमा समस्या देखिएको थियो । एजेन्सी