Logo

दाहालको घोषणा : केपी ओलीलाई फाल्न प्रचण्डलाई कुनै आइतबार कुर्नुपर्दैन् (भिडियोसहित)



काठमाडौं, १८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नारायणप्रसाद दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नसच्चिए पार्टीले हटाउने चेतावनी दिएका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता दाहालले यस्तो बताएका हुन् । उनले पार्टीभित्रको विवादको समाधान कसैले घुर्की, धम्की र बार्गेनिङ गरेर नहुने भन्दै प्रधानमन्त्री ओलीमाथि कडा टिप्पणी पनि गरे ।

उनले भने,”विवादहरु त बैठक बसेर हल गरिने कुरा हो । त्यसैले सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउँछ । आवश्यक पर्यो भने केन्द्रीय कमिटीको पनि बैठक हुन्छ । प्रधानमन्त्री र पार्टी अध्यक्षले बैठक नबोलाउने भूल गर्नुहुँदैन् । यो त कल्पनापनि गर्न सकिँदैन् । त्यसकारण पार्टीभित्रको विवाद त कमिटीमा छलफल गरेर निकास निकाल्नुपर्छ ।” उनले अहिले संसदीय दलमा बहुमत या अल्पमतको कुरै नभएको भन्दै यी सबै बेकारको कुरा भएको पनि जिकिर गरे । संसदीय दलभन्दा पार्टी ठूलो भएकोले विवाद हल गर्न बैठक बस्नुको विकल्प नहुने उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्