काठमाडौं, १८ बैशाख । दिप्रुङ चुईचुम्मा गाउँ पालिका खाेटाङले उपत्यकामा रहेका र लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरूलाई राहत वितरण गरेकाे छ । वैशाक ४ गतेकाे गाउँकार्य पालिकाकाे वैठकबाट उपत्यकामा रहेका पालिकाका स्थानिय समाज सेवी गणेश थापाकाे संयाेजकत्वमा नवराज राेका र गाउँ पालिकाका कर्मचारी संन्जिब आचार्य सहितकाे ३ सदस्यिय राहत वितरण कार्यदल बनाई लक डाउनका कारण चुलाे चाैकामा असर परेका अाफ्ना नागरिकलाई उनिहरू वसेकै स्थानमा पुगेर राहत वितरण गरेकाे हाे ।
सवा २ लाख भन्दा वढी मानिसकाे ज्यान लिईसकेकाे र विश्वब्यापी माहामारीका रूपमा फैलिएकाे काेरेना भाईरस (काेभिड-१९) काे हालसम्म औषधी पत्ता नलागेकाे र यस्काे संक्रमणबाट बच्ने एक मात्र उपाए सामाजिक दुरी सहित भिडभाड नियन्त्रित समाज भएकाले जाे जहाँ हुनुहुन्छ त्यहीँ वसेर लक डाउनकाे पालना गर्नु पर्ने नेपाल सरकारकाे मापदण्ड बमाेजिम आफ्ना नागरिकलाई सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानिय सरकारकाे कर्तब्य र जिम्मेवारी ठानी राहतकाे व्यवस्था गरेकाे कुरा गाउँ पालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।
वर्तमान अवस्थामा उपत्यका बाहिरका स्थानिय सरकारले गाडी रिजर्व गरेर गाउँमा RDT Test समेत नगरी आफ्ना मान्छे ल्याउनु गलत मात्र हाेईन विश्व स्वास्थ्य स्ंगठनकाे मान्यता विपरित हुनुका साथै काेराेना संक्रमणकाे जाेखिम बढ्ने हुनाले यसाे गरिएकाे बताउँदै अध्यक्ष राईले एकातिर रिजर्व गरेकाे वसकाे लाखाै लाख पैशा पनि स्थानिय तहले तिर्नु पर्ने, वसबाट ल्याएका मान्छेलाई गाउँमा क्वारेन्टाईनमा राख्दा खाना वस्नकाे लागि खर्च पनि गर्नु पर्ने, रेखदेखका लागि थप जनशक्ति र रकमकाे जाेहाे पनि गर्नुपर्ने हुँदा स्थानिय सरकारलाई तेहाेराे खर्चबाट जाेगाउन र अभावका कारण मजदुर र विद्यार्थीहरू पैदलै हिडेर घर आउने बाध्यताकाे अन्त्य गर्न शहरी राहत कार्यक्रम ल्याउनु परेकाे सुनाए ।
उपत्यकाकाे काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका कुना-कुनामा समेत रहेका र समस्यामा परेका मजदुर, विद्यार्थी र विरामीहरूलाई ३ सदस्यि कार्यदलले राहत सामग्रीकाे विभिन्न मापदण्ड तयार गरी प्रति परिवार १५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, एक प्याकेट नुन वितरण गरेकाे थियाे भने दुई जनाकाे परिवारलाई, १० केजी चामल, २ केजी दाल, आधा लिटर तेल र एक प्याकेट नुन दिईएकाे थियाे ।
त्यस्तै एक मात्र ब्यक्ती भएकालाई ५ के जी चामल, १ केजी दाल, आधा लिटर तेल र एक प्याकेट नुन गरि २०७ घर-परिवारलाई राहत वितरण गरिएकाे थियाे । राहत वितरण कार्यक्रमबाट उपत्यकामा मात्रै ६ सय भन्दा बढी नागरिक लाभान्वित भएका थिए । गाउँपालिकाले उपत्यकाबाहिर सुनसरी, माेरङ्ग जिल्लामा पनि समस्यामा परेका आफ्ना नागरिकका लागि राहत कार्यक्रम लागु गरिएकाे छ ।
मातृभूमिका जनताकाे सेवा गर्ने पवित्र अवसर प्रदान गरेकाेमा पालिकालाई धन्यवाद ब्यक्त गर्दै पालिकाले दिएकाे जिम्मेवारी पारदर्शी ढङ्गले कुशलता पुर्वक निर्वाह गरेकाे कार्यदलका संयाेजक गणेश थापाले जानकारी गराए।