काठमाडौैं, १८ बैशाख । नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा जिम्मेवारी हेरफेरको तयारी छ । गत साता सिफारिस भएका १९ एसएसपी तथा २४ एसपीको पदस्थापन गरी केहीको सरुवा गर्न लागिएको छ । बिहीबार ने पदस्थापन तथा सरुवाको निर्णय हुने सम्भावना छ ।
बढुवा सिफारिस उपर उजुरी नपरेपछि बढुवाको निर्णय गरेर पदस्थापन गर्न लागिएको हो ।
गत साता वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, विष्णु बहादुर केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल,अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेश बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञमणि पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेश सिंह र चन्द्रकुबेर खापुङको एसएसपी बढुवामा सिफारिस भएको थियो । उनीहरुको पदस्थापदको खाका बनिसकेको छ । उनीहरुमध्ये धेरै प्रदेश तालिम केन्द्र तथा संघीय प्रहरी कार्यालयमा पदस्थापन हुनेछन् ।
त्यस्तै एसपीको सरुवा तथा पदस्थापनमा विभिन्न जिल्लाको नेतृत्व हेरफेर हुने छ । एसपी बढुवा सिफारिस हुनेहरुमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद बिष्ट, राकेश सिंह, राजिब बस्नेत, प्रवीणलाल श्रेष्ठ, सन्तोषसिंह राठौर, शिव बहादुर श्रेष्ठ, शान्तिराज कोइराला, संजय सिंह थापा, त्यस्तै महेन्द्र खड्का, दीपक पोखरेल, प्रभु ढकाल, सन्तोष भट्टराई, प्रकाश मल्ल, वामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्र फुयाल, दीपेन्द्र शाही, रामप्रसाद शाह, प्रेम बस्नेत, प्रबिण धिताल, दयानिधी ज्ञवाली र राजेन्द्र धमला छन् ।
यसपटक एक दर्जन भन्दा धेरै जिल्लाको नेतृत्व पनि हेरफेर हुनेछ । बढुवापछि सुनसरी, दाङ, बाग्लुङ, नवलपरासी तथा कैलाली रिक्त हुँदैछन् । कास्की, मोरङ लगायतका जिल्लाको नेतृत्व पनि एक वर्ष पुगिसकेको छ । त्यसकारण एसपी सरुवामा पनि दौडधुप छ ।
त्यस्तै डिएसपीबाट एसपीमा बढुवा भएर केही जिल्ला तथा वृत्तहरु खाली हुँदैछन् । काठमाडौंको सोह्रखुट्टे तथा ठिमी वृत्त रिक्त हुँदै छ । डिएसपी इन्चार्ज हुने केही जिल्लामा पनि हेरफेरको तयारी छ ।
उता प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरबाट डिएसपी बढुवाको समेत सिफारिसको तयारी गरेको छ । डिएसपीको ५७ पद रिक्त छन् । जसमा एक सय भन्दा धेरै प्रतिस्पर्धामा छन् । २०६४, २०६६ र २०६७ का इन्सपेक्टरहरु डिएसपी बढुवााको प्रतिस्पर्धामा छन् । २०६७ का इन्सपेक्टरहरु शक्तिकेन्द्र धाइरहेकाले सिनियरहरु छुट्ने सम्भावना देखिएको छ । दृष्टिबाट