बागलुङ, १८ वैशाख : नेपाल प्रेस युनियन बागलुङले पत्रकारलाई कोभिड–१९ को जोखिम हुन नदिन आवश्यक सुरक्षा सामग्री प्रदान गरेको छ । दुई सय थान मास्क, २० वटा सेनिटाइजर र १० वटा प्रेस ज्याकेट वितरण गरिएको युनियनका जिल्ला अध्यक्ष प्रदीप पन्तले जानकारी दिए ।
युनियनका केन्द्रीय सदस्य दिलीप पौडेलले पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषलगायतलाई बिहीबार ती सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।
कोरोनाको जोखिमबीच काममा खटिने पत्रकारको सुरक्षाका लागि सामग्री सहयोग गरिएको केन्द्रीय सदस्य पौडेलले जानकारी दिए ।
शाखा अध्यक्ष शिरीषले सङ्कटका बेला पत्रकारलाई सघाएकामा प्रेस युनियनप्रति आभार व्यक्त गरे । उनले ग्रामीण क्षेत्रका सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई महासङ्घमार्फत सुरक्षा सामग्री पु¥याइने बताए ।
यसअघि पनि शाखाले विभिन्न सङ्घसंस्थासँग मिलेर पत्रकारलाई सुरक्षा सामग्री र राहत वितरण गरेको थियो ।रासस File Photo