एजेन्सी, १९ वैशाख । केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६२ हजार मानिसको मृत्यु हुनसक्ने अनुमान सार्वजनिक गरेका थिए । कोरोना संक्रमण उचाईमा पुगिसकेको भन्दै अब नियन्त्रणमा आउने उनको अनुमान थियो ।
यसअघि २ लाख २० हजार मानिसको मृत्यु हुनसक्ने वाइट हाउसको प्रक्षेपण भएकोमा ट्रम्पले नयाँ अनुमान गरेका थिए । तर, अहिले नै अमेरिकामा ६३ हजार मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।
पछिल्लो तथ्यांक अनुसार मृतक संख्या ६४ हजार नजिक पुगेको छ । झण्डै ११ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।
विश्वभर ३३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको तथ्यांक छ । २ लाख ३४ हजारको मृत्यु भइसकेको छ ।
अमेरिकापछि इटालीमा २७ हजार, बेलायतमा २६ हजार, स्पेन र फ्रान्समा २४ २४ हजार मानिसको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसको संक्रमण विश्वभर बढिनै रहेको छ । एकै दिनमा ५० हजार देखि १ लाखसम्म कोरोना भाइरसको संक्रमित संख्या बढ्न थालेका छन् ।-File Photo