Logo

प्रधानमन्त्रीले आफूलाई नैतिकवान देखाउने हो भने पदमा बसिरहन मिल्दैन् : कांग्रेस नेता पाण्डे (भिडियोसहित)



काठमाडौं, १९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले आफूहरुले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक र नैतिक आधार गुमेको कुरा गरेको स्पष्ट पारेका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले यस्तो बताएका हुन् ।

उनले भने,”नैतिकताको आधार भनेको मेरो नैतिकताको आधार म ममा निहित हुन्छ । तपाईको नैतिकताको आधार पनि तपाईमा नै निहित हुन्छ । प्रधानमन्त्री स्वयममा त्यो आधार निहित छ । यदि उहाँले आफूलाई नैतिकवान देखाउन खोज्नुभयो, राजनीतिक देखाउन खोज्नुभयो भने त्यो ठाउँमा बसिरहन उहाँलाई मिल्दैन भन्ने हाम्रो ठहर हो ।”



प्रतिक्रिया दिनुहोस्