काठमाडौं, बैशाख २० । आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पश्चिमका नेपालका पाहाडी क्षेत्रमासमेत मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जनाइएको छ ।
विहानैदेखि देशभरको मौसममा बदली आएका कारण दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्नेसमेत सम्भावना रहेको छ ।
त्यस्तै आज रातीसम्म देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।