काठमाडौं, बैशाख २० । शुक्रबार रुपन्देही र बाँकेमा कोरानाका नयाँ संक्रमित फेला परेपछि त्यसले थप शशंकित पारेको छ । शनिबार विहान नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषी धमलासंग कुरागर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले रुपन्देही र बाँकेमा कोरानाका नयाँ संक्रमित फेला परेपछि त्यसले थप शशंकित पारेको वताएका हुन् ।
उनले नेपालमा खुला सिमाका कारण कोरोना नियन्त्रण गर्न जटिल हुने तर्फ ध्यानाकर्षण गराएका छन् ।उनले भारतमा नियन्त्रण हुने नहुने सन्दर्भसंग नेपाल पनि जोडिएकाले स्वास्थ्य मन्त्रालयले पनि नियन्त्रणमा थप गृहकार्य गरिरहेको खुलाएका छन् ।
अहिले कोरोना संक्रमण हुने ठाँउअनुसार विशेष सावधानी अपनाएर अगाडि बढिरहेको भन्दै थप संक्रमित हुन नदिनका लागि स्वास्थ्य मन्त्रालयले थप रणनिती वनाएको उनको भनाई छ । नक्कली किट नक्कली सामाग्री प्रयोग भएकोवारे वाहिर आएका कुराको खण्डन गर्दै त्यसो हुन नदिएको र जनतामाथि खेलवाड नभएको उनको दावी छ ।
स्वास्थ्य मन्त्रालयले समस्या भएको ठाँउतिर ध्यान केन्द्रित वनाएको भन्दै देशका सवै स्थानीय तहमा परिक्षण गर्ने अवको योजना भएको समेत खुलासा गरे। जहाँ संकमित देखएका छन् त्यहाँ पुरै शिल गरेको र स्थानिय स्तरका जनप्रतिनिधीको ठुलो सहयोग रहेको उनको भनाई छ ।