Logo

वामदेवलाई प्रधानमन्त्री बनाईए हामी स्वागत गर्छौं, मेरो साथ प्रचण्डलाई : मन्त्री यादव (भिडियोसहित)



काठमाडौं, २० बैशाख । श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आफूहरुले कुनैपनि हालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फुट्न नदिने स्पष्ट पारेका छन् । पार्टीभित्र हुने सामान्य विवाद र छलफलकै आधारमा पार्टी नै फुट्छ भनेर आफूहरुले परिकल्पना नगरेको पनि उनले जिकिर गरे ।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै यादवले पार्टी नेतृत्वमा पछिल्लो समय देखिएका साना-साना विवादहरु सल्टिने विश्वास दिलाए । उनले पार्टी नफुट्ने दाबी गरे । उनले सचिवालय र स्थायी कमिटीले जे निर्णय गर्छ त्यो कार्यान्वयन हुनेपनि विश्वास दिलाए । उनले वामदेव गौतमलाई प्रधानमन्त्री बनाए आफूहरुलाई आपत्ति नहुने पनि जिकिर गरे । गौतमलाई प्रधानमन्त्री बनाईए आफूहरुले स्वागत गर्ने पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्