Logo

कोरोना भाइरसका कारण वारेन बफेटलाई ५० अर्ब डलर घाटा



शेयर बजारका दिग्गज लगानीकर्ता वॉरेन बफे को कम्पनी बर्कशायर हाथवेलाइ ५० अर्ब डलरको घाटा भएको छ। कोविड-१९ महामारीले उनको शेयर लगानीमा तगड़ा झट्का दिएको हो।

तर यही दौरानमा सन्चालन नाफा भने वृद्धि भएको छ। शनिवार भएको वार्षिक साधारण सभा (एजीएम)मा यो जानकारी दिइएको हो। बर्कशायर को पहिलो त्रैमासिकको शुद्ध घाटा ४९.७५ अर्ब डलर यानि प्रति शेयर३ ३० हजार ६५३ डलर रहेको बताइएको छ। लगानीको कुल घाटा ५४.५२ अर्ब डलर रहेको छ। शेयर मूल्यमा आएको कमीले यो घाटा भएको हो।एक वर्ष पहिले, कुल नेट अर्निंग २१.६६ अर्ब डलर यानि प्रति शेयर १३२०९ डलर थियो।

त्रैमासिक संचालन नाफा ६ प्रतिशत बढेर  ५.८७ अर्ब डलर भएको छ। बफेटले यसलाई धेरै राम्रो प्रदर्शन भनेका छन्। यो नाफा प्रति शेयर तीन हजार ६२४ डलर रहेको छ। अनरियलाइज्ड स्टक्सबाट भएको नफा-नोक्सान र आय को रिपोर्टिङको लागि बर्कशायरको एकाउंटिंग रूलको आवश्यकता पर्छ। यो बर्कशायर को शुद्ध परिणाममा भारी उतार-चढाव कारण हुने गर्छ। जसलाई बफेट निरर्थक मान्दछन्।

यति बेला, बर्कशायरले थोरै शेयर किनेको छ। किनकि बफेठले ती ठुला कम्पनी खोज्न सकेनन् जसको एकमुष्ट शेयर खरिद गर्न सकियोस्। यो एक प्रकारको मन्दी हो जुन चार वर्ष भन्दा बढी देखि छ। बर्कशायर सँग १३७.३ अर्ब डलर नगद छ। स्टाडर्ड एंड पुअर्स ५०० को पहिलो त्रैमासमा २० प्रतिशत घट्यो तर  अमेरिकन एक्सप्रेस, बैङ्क  अमेरिका, वेल्स फारगो, चार एयरलाइन्स-अमेरिकन, डेल्टा, दक्षिण पश्चिम र यूनाइटेड सहितको बढी लगानी भएको शेयर मूल्य घटेको छ।

अमेरिका सहित बर्कशायरको अपरेटिंग व्यवसाय कोभिड-१९ को प्रभावले अछुतो रहन सकेको छैन। “बर्कशायरको अधिकांश व्यवसाय महामारीले प्रभावित बनाएको छ। आवश्यक मानिएको व्यवसायको राजस्व अप्रिलमा सुस्त भएको छ। भाइस चेयरमेन चार्ली मुंगेरले गएको महिना वाल स्ट्रिट जर्नललाई भनेका थिए कि बर्कशायरको केही साना व्यवसाय पुरै बन्द हुन सक्छन्।‘ कम्पनीले भन्यो।-एजेन्सीको सहयोगमा मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्