काठमाडौं, २१ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डेले बरिष्ठ नेता माधव कुमार नेपालले पदको लागि कुनै कुरा नउठाएको स्पष्ट पारेका छन् । उनले नेता नेपाल सुरुदेखि नै पार्टी एकताको पक्षमा रहेको जिकिर गरे । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु सिंगो नेकपाको एकताको निम्ति उभिएको र सोहीअनुसार सबै नेताहरुसँग छलफल गरेको स्पष्ट पारे ।
नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको विधि, विधानअनुसार चल्न आग्रह गरेको उनको भनाई छ । ओलीलाई धेरैपटक सुध्रिएर अघि बढ्नको लागि नेता नेपालले आग्रह गरेको उनले जानकारी दिए ।