काठमाडौं, २१ बैशाख । नागार्जुन नगरपालिका, २ ठूलोभ¥याङमा आबद्ध संघसंस्थाहरुले सामुहिक मेस सञ्चालन गरेर खाना खुवाउँदै आएका छन् । मेस ज्यालादारी मजदूर, आर्थिक अवस्थाले कमजोर, अशक्त, अपाङता भएका व्यक्तिहरुलाई लक्षित गरी सञ्चालन गरेको ।
मेस रामकाजी महर्जन र द्वारिका नारायण मानन्धरको अगुवाइमा सञ्चालन गरिएको हो । मेसमा हालसम्म १४ सय हाराहारी व्यक्तिहरुले खाना खाइसकेको अभियान्ता लङकेश लामाले बताए । मेस सञ्चालनमा सहयोगी बलराम बराल, पूर्णबहादुर शाही, टलक श्रेष्ठ, ओम घिमिरे, सुभाष पाण्डे, अच्युत नेपाल, रत्नकाजी शाक्य र ज्ञानु लामा रहेका छन् । यो मेस लकडाउनभरी सञ्चालरिने अभियान्ता बलराम बराले जानकारी दिए ।
तस्विर : उत्तमराज पन्त, रिपोर्टर्स नेपाल डटकम