Logo

प्रेसलाई भयमुक्त भई काम गर्ने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री पोखरेल



बुटवल, २१ वैशाख : मुख्यमन्त्री शंकर पोखरेलले विश्व प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ अनुरुप नै प्रेसलाई भयमुक्त भई काम गर्ने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध बताएका छन् ।

यस अवसरमा आज शुभकामना दिने क्रममा उहाँले विगतमा भएका लोकतान्त्रिक आन्दोलन सफल पार्न नेपाली प्रेसले खेलेको सक्रिय भूमिकाप्रति सम्मान व्यक्त गर्दै पत्रकारको क्षमता अभिवृद्धि र सञ्चार संस्थाको सबलीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । ।

कोरोनाविरुद्धको लडाइँमा पनि नेपाली प्रेसले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले भने, “सत्य, तथ्य र सचेतनामूलक सूचना प्रवाहले कोरोनाविरुद्धको लडाइँलाई सार्थक बनाउन अग्रमोर्चामा खटिएका सबैलाई हौसला मिलेको छ ।”

सत्य र तथ्यमा टेकेर जिम्मेवारीबोधका साथ पत्रकारिता गर्न आग्रह गर्दै उनले विविधतायुक्त समाजलाई एकताबद्ध बनाउन र स्थिरता दिन जिम्मेवारीबोधका साथ गरिने पत्रकारिताबाट मात्रै सम्भव हुने स्पष्ट गरेका छन् । “लोकतन्त्रमा कुनै खालको त्रास र भय हुँदैन । लोकतान्त्रिक प्रणालीमा चुनिएको सरकार सधैंँ स्वतन्त्र प्रेसका निम्ति अभिभावकीय भूमिकामा रहन्छ ”, सन्देशमा भनिएको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्