Logo

लकडाउनमा मन्दिरको सामान चोरी



सोलुखुम्बु, २१ वैशाख । मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जना शनिबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका बुङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका पाङबोचको राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिकाका राजेश राई र सोलुखुम्बु माहाकुलुङ गाउँपालिकाका मदन राई रहेका छन् ।

२०७६ भदौमा सोलुखुम्बुस्थित पाङ्बोचे गुम्बाबाट पूजाका सामग्रीहरु पुरानो जाम्टा ३ जोर, पुरानो शंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो ‘नि’ माला, नर्थ फेस टेन्ट १ थान, कम्वल ४ थान र भेटी रकम १५ हजार रुपैयाँ चोरी हुनुको साथै पुरानो मूर्ति तोडफोड भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्