काठमाडौ, बैशाख २२ ।ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरस सङ्क्रमणका आफ्नो मृत्यु भएको भए के गर्ने भन्ने विषयमा आकस्मिक योजनाहरू बनाइएको खुलासा गरेका छन्।
सनु पत्रिकासँगको एउटा अन्तर्वार्तामा उनले आफूलाई भेन्टिलेटरमा राखिने वा नराखिने विषयको सम्भावना ५०-५० प्रतिशत भएको बताएका छन्।
यो त्यति बेलाको कुरा हो जति बेला उनीहरू यसलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सोच्न थालेका थिए, उनले भने।यो निकै कठिन क्षण थियो, यसलाई म अस्वीकार गर्दिनँ, उक्त पत्रिकाले उनलाई उद्धृत गरेको छ।उनका अनुसार आफ्नो मृत्यु भएको अवस्थामा के गर्ने भन्ने विषयमा चिकित्सकहरूले योजना बनाएका आफूले त्यति बेला नै थाहा पाएको बताए।
जोनसनका अनुसार उनलाई जीवित राख्न निकै धेरै अक्सिजन दिइएको थियो।उनले आफू निको हुनुमा निकै राम्रो स्याहारलाई श्रेय दिए।म यसबारे भावुक हुन्छु। तर त्यो असाधारण कुरा थियो।
गत मार्च २६ मा जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएको थियो। त्यसको १० दिनपछि उनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो। त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो। केही दिनमै मेरो स्वास्थ्यस्थिति त्यो स्तरमा बिग्रिएको कुरा विश्वास गर्न गाह्रो थियो, उनले भने।
कोभिड-१९ बाटगम्भीर बिरामी परेका उनी अहिले रोगबाट तङ्ग्रिएर काममा फर्किसकेका छन्।