Logo

डिसइन्फेक्सन स्प्रेको प्रयोग नगरौँ, साबुन पानीले हात धोऔँ : विज्ञ



वैशाख २२, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन नेपालका राष्ट्रिय कार्यक्रम अधिकृत डा. राजन विक्रम रायमाझीले कोरोना लागेको व्यक्तिले खोक्दा वा ह्याछ्यू गर्दा संक्रमण फैलिन सम्भावना धेरै भएकाले त्यसबाट जोखिन सुझाब दिएका छन् । एक व्यक्ति र अर्को व्यक्तिको दुरी कम्तिमा एक मिटर कायम गर्न सके भाइरसको संक्रमणबाट बच्न सकिने उनको भनाई छ ।

यसैबीच मन्त्रालयले कोरोना नियन्त्रणका लागि भन्दै विभिन्न संघ संस्थाहरुले सार्वजनिक स्थानमा प्रयोग गरेको किटनाषक औषधी अर्थात डिसइन्फेक्सन स्प्रे हानिकारक भएको भन्दै प्रयोगमा रोक लगाउन निर्देशन दिएको छ ।

तर तोकिएको मापदण्ड पूरा गरेर भने त्यस्ता औषधि प्रयोग गर्न सुझाब दिएको छ । यसरी प्रयोग गर्दा मानिसको शीररमा भने नछर्किन मन्त्रालयले सुझाब दिएको छ । कोरोनाबाट बच्न त्यस्ता औषधिको प्रयोग गर्नुभन्दा साबुन पानीले हात धुने र लक डाउन पालना गर्नु उचित हुने सुझाब मन्त्रालयले दिएको छ ।

पछिल्ला दिनमा डिसइन्फेक्सन स्प्रेको प्रयोग बढ्दै गएको छ । तर यसको प्रयोग जथाभावी भएको गुनासो आउन थालेपछि स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी गराउने सोमबारको कोरोना अपडेट लाइभमा विश्व स्वास्थ्य संगठन नेपालका राष्ट्रिय कार्यक्रम अधिकृत रायमाझीलाई उपस्थित गराएको थियो ।



प्रतिक्रिया दिनुहोस्