भारतको केरल त्रिसुरमा सेन्ट जेभियर चर्चमा भएको जुम्ल्याहा दाजुभाईको विवाहमा सहभागी हुन आएका पाहुना अचम्मित भए । उनीहरुको बेहुली रीमा र रीता पनि जुम्ल्याहा नै थिए । र जन्ती पनि जुम्ल्याहा नै थिए ।
अनौठो त अझै के थियो भने दुलाहा पनि जुम्ल्याहा, दुलाहाको दाजुहरु पनि जुम्ल्याहा र दुलाहाको अगाडी बसेका २ साना बच्चाहरु ती पनि जुम्ल्याहा नै थिए । यस्तो देखेर सबै छक्क परेका हुन् । उक्त रमाइलो विवाहमा पाहुना झनै आश्र्चय चकित हुने कुरा त के थियो भने विवाह सम्पन्न गराइदिने पुजारी पनि जुम्ल्याहा नै थिए ।