Logo

“ज्यामरुङ” भन्ने नाम कसरी रहन गयो ?



उज्जल धमला “बिबस” निलकन्ठ न.पा.-११ धादिङ, ज्यामरुङ। वाग्मती प्रदेश अन्तर्गत धादिङ जिल्लाको आफ्नै बिशेषता रहेको पाईन्छ, जसअनुसार पुर्बमा नुवाकोट र काठमाडौं जिल्ला पर्दछन् । र, पश्चिममा भने गोरखा जिल्ला र उत्तरमा हिमशिखरले मित्रराष्ट चीन जोडिन्छ भने दक्षिणतर्फ चितवन र मकवानपुर जिल्ला धादिङसंग जोडिएको छ। धादिङ जिल्लाको मध्यभागमा निलकन्ठ नगरपालिका वार्ड नं १० र ११ अर्थात् ज्यामरुङ पर्दछ।

बिशेषत ज्यामरुङ भन्ने नाम कसरी रहन गएको भन्नेबारे बिभिन्न संचारमाध्यमले आजको दिनसम्म प्रस्ट पारेको छैन र धेरैजसो निलकन्ठ नगरपालिका वडा नम्बर १० र ११ का ब्यक्तिहरुका लागि खुलदुलीको बिषय पनि रहेको छ । र तिनै बिषयलाई बिषयबस्तु बनाई ज्यामरुङ भन्ने नाम कसरी रहन गयो ? भन्नेतर्फ केही पुर्बजहरुका अनुसार केही जानकारीहरु जस्ताको तस्तै उल्लेख गरेको छु ।

ज्यामरुङको कुनै एक गाँउको नाम छिपी गाउँ रहेको छ र छिपी गाँउ कसरी रहन गयो भन्ने प्रश्न आँउछ ? केही पुर्बजहरुका अनुसार त्यस गाँउका पहिला कपडामा बुट्टा हान्ने मानिसहरुलाई छिपा भन्ने गरिन्थ्यो र त्यस्तो कपडामा छिपा भर्ने मानिसहरु गएर बसेछन् । कपडा छिपाउने र व्यापार गर्ने गरेछन् त्यस किसिमबाट कपडा छिपाउने र व्यापार गर्ने काम गर्ने मानिसहरु बसेको हुनाले त्यस गाँउको नाम छिपी गाउँ रहन गएको रहेछ।

त्यसरी व्यापार गर्दागर्दै त्यहाँका मानिसहरु त्यहाँका ब्यापारीसंग काम माग्ने काम गर्ने गर्दै जाँदा नेवार जातिको भाषामा (छ भनेको ज्या र छैन भनेको मरु भन्ने रहेछ) कुनै एकदिन ती व्यापारी कहाँ केही मजदुरहरुले काम मागेछन् नेवार भाषामा माग्नेको छ भनेर सोध्ने भाषा ज्या र दिनेको छैन भन्ने भाषा मरुलाई नेवारीमा (ज्यामरु) भन्दै पछी त्यस ठाँउको नाम नै (ज्यामरुङ) रहन गएको छ भन्ने बुझिन्छ।

प्रस्तुत ज्यामरुङलाई समेटिएका केही हरफहरु:

दमै चौतारीको डाँडामा बसी सधै नै हेरीरहनु !
दरबारमा बसी ज्यामरुङलाई सधै मायाले बेरीरहनु !!
गणेश हिमालको पारिलो घामको छहारी बनिदेउ !!!
शङ्खा र ब्रमा आपसको साईनो हाँसेर हाँसेर रमिदेउ !!
उर्लेर आउदा आखुको भेल ले खेतबारी जगायो !!
डाँफे र मुनाल रुख बसी मितेरी लगायो !!
डाँडा र काँडा पाखा र पखेरा चउर हरिया !!
उकाली लाग्छन् डालो र नाम्लो बोकेर भरिया !!
खेतमा धान बारिमा कोदो फुलेर झुलेको !!
अन्तरीमा हेर क्या राम्रो गुराँस फुलेर बसेको !!
सृष्टि को देन प्राकृतिक को माया हो ज्यामरुङ !!
आपसमा गाँस्न पबित्र एउटा नाता हो ज्यामरुङ!!!



प्रतिक्रिया दिनुहोस्