२३ वैशाख । भ्रष्टाचारको आरोपमा कारागारमा रहेकी पेरुकी विपक्षी नेत्री किको फुजीमोरी सोमबार तीन महिनाका लागि जेलमुक्त भएका छन् ।
राजधानी लिमास्थित महिला कारागारबाट जमानतमा बाहिरिने क्रममा नेत्री फुजीमोरीले मास्क र सेतो ग्लोब लगाएका थिए । जेलबाट बाहिरिनुअघि उनले ट्वीटर मार्फत आफूले तत्कालै कोरोनाभाइरसको परीक्षण गर्ने बताएका थिए ।
पेरुको अदालतले ४४ वर्षीया फुजीमोरीलाई २० हजार अमेरिकी डलर बुझाएसँगै जमानतमा रिहा गर्न आदेश दिएको थियो ।
दुई सन्तानकी आमा फुजीमोरीले कोरिल्लोस महिला जेलमा कोरोनाभाइरस संक्रमण हुने खतरा रहेको भन्दै रिहाईका लागि आग्रह गरेका थिए ।
नेत्री फुजीमोरीले घर फिर्ता भएसँगै जारी गर्नु भएको भिडियो सन्देशमा पेरुका कारागारहरुको अवस्था निकै चिन्ताजनक रहेको बताएका छन् ।
फुजीमोरीलाई दुई महिना पहिले जनवरीमा भ्रष्टाचारको आरोपमा थुनामा राखिएको थियो । फुजीमोरीमाथि ब्राजिलको निर्माण कम्पनी ओडीब्रेख्तबाट सन् २०११ को राष्ट्रपतीय निर्वाचनका बखत आफ्नो पार्टीका लागि १२ लाख अमेरिकी डलर घुस लिएको आरोप छ ।
फुजीमोरी पेरुका पूर्व राष्ट्रपति ८१ वर्षीय अल्बर्टो फुजीमोरीकी छोरी छन् । पेरुमा स्न १९९१ र १९९२ मा भएका दुई वटा आमहत्याका लागि आदेश दिएको आरोपमा अल्बर्टो फुजीमोरी २५ वर्षका लागि जेलमा छन् ।रासस