Logo

६ वर्षको बच्चाको पेटमा भ्रुण हुर्कीए पछि…



घटना भारतको वारायसीको हो । एक ६ वर्षिय सानो बच्चाको पेटबाट अविकसित भ्रुण निकालीएको छ । उक्त भ्रुण अपरेसन गरेर एक प्राइवेट हस्पिटलका डाक्टरहरुले निकालेका हुन् । भारतको झारखण्डका रितेशमा भएको यो समस्या ५ लाख बच्चा मध्ये एक बच्चामा हुने गर्दछ । रितेशलाई पेट दुखेर अस्पताल पु¥याइएको थियो ।

डाक्टरहरुले गाठो हो भनेर अपरेशन गर्न सुरु गरेपछि मात्र गाठो नभएर एक अविकसित भु्रण भएको थाहा पाएका थिए । यसलाई दुई घण्टाको अपरेशन पछि बाहिर निकालेका थिए । यो रोगलाई मेडिकल भाषामा ट्युरो थ्योरी भनिन्छ ।  रितेश चार महिना देखि राम्रो सँग खाना र पिउने गर्दैनथे । यसैले उनी दिन प्रतिदिन कमजोर हुँदै गएका उनको बुबाले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्