काठमाडौं, २४ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । भोलिबाट सुरु हुने स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की परेको थियो । सचिवालय बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका थिए । बीचमा उनी बैठक नै छोडेर बाहिरिएका थिए। ओलीलाई निकै बेरसम्म नेताहरुले बैठक कक्षमा कुरेका थिए । स्रोतकाअनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओली फर्केर नआएपनि बैठक केही बेर चलेको थियो । र, बैठक अहिले समापन भएको छ ।