काठमाडौं, २४ बैशाख । भोलि विहान ११ बजेको लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित् भएको छ । आज बसेको सचिवालय बैठकमा स्थायी कमिटी बैठकका एजेण्डा र प्रस्ताव तय नहुँदा भोलिको बैठक स्थगित भएको सचिवालयका एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिएका हुन् । उनकाअनुसार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी बैठकका एजेण्डा तय गर्नेबारे सहमति भएको छैन् । आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली बीचमै छोडेर निस्किएका थिए ।