काठमाडौं, २५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफूहरुले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनु भनेर नभनेको स्पष्ट पारेका छन् । गजुरेलले बरु एक व्यक्ति, एक पदमा जानुपर्ने अडान लिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा गजुरेलले यसबारेमा यसो भनेका छन्-“त्यो त पहिलादेखि उठिरहेको कुरा हो नि । अहिले मात्रै होइन नि । प्रधानमन्त्रीले विगतमा भएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने भनेपनि अहिले सचिवालयमा ‘एक व्यक्ति, एक पद’ को कुरा उठेको हो ।” नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले गजुरेलसँग गरेको कुराकानीको सम्पादित अंश :
स्थायी समिति बैठक किन अनिश्चित ढंगले स्थगित भयो ?
बैठक त राख्नै पर्छ । बैठकै नराखिकन बसेर समस्या हल हुँदैन । किन भने हाम्रो संसद पनि चल्दैछ । बजेट अधिवेशन अगाडि बढ्दैछ । यसका लागि सहज बाटाहरु नबनाई त्यहाँ जाँदा त्यसले झन् भद्रगोल स्थिति सिर्जना गर्दछ । त्यसकारण पनि बैठकको सुरुआत त हुनुपर्छ ।
बैठक त अब हिजो दुईजना अध्यक्ष मिलेर नराख्ने भनिसक्नुभयो नि ?
बैठकै नराख्ने त भन्नुभएको छैन । बैठक त राख्नैपर्छ ऋषिजी । १५ दिनभित्र राख्नुपर्ने नियम हो, त्यो समय पनि गुज्रिइसकेको छ । एकतिहाई सदस्यहरुले बैठकको माग गरेपछि त्यसको १५ भित्र राख्नपर्ने नियम छ । प्रधानमन्त्री आफैले पहिला जेजस्ता कमीकमजोरी भए अब त्यसलाई सुधारेर अगाडि बढ्छु भने पनि विधि, पद्धतिको त पालना गर्नुप¥यो नि ।
प्रधानमन्त्री त अहिले बैठक राखेर तपार्इंहरुका असन्तुष्टि र आलोचना सुन्नेपक्षमा हुनुहुन्न नि ?
आलोचना त बरु के गर्ने कसरी गर्ने एउटा मोडालिटी बनाउन सकिन्छ । तर, बैठक राख्नुप¥यो नि । बैठकबाटै भागेर समस्या समाधान हुन्छ त ।
अहिले पार्टीको स्थायी समिति बैठक राख्ने बेला हो र ? कोरोनासँग लड्ने होइन ?
कोरोनाविरुद्ध लड्ने पनि त पार्टीमा एक रुपता कायम गर्नुप¥यो नि । सचिवालयमा प्रधानमन्त्रीले जे राख्नुभयो, त्यो स्प्रिटलाई त्यहाँ पनि राख्नुप¥यो । संसद्मा पनि भोलि त्यहाँ प्रतिपक्ष आउँछ, ऊसँग कसरी फेस गर्ने ? त्यसको बारेमा बैठक बसेर एउटा मोडालिटी बनाउनुपर्दैन ? पार्टी एउटा विश्वास गर्न सहज वातावरण नबनाइकन भद्रगोल तरिकाले अगाडि बढेर कसरी हुन्छ ?
तपाईहरुले कोरोनाविरुद्ध लड्ने बेला ‘एक व्यक्ति एक पद’को कुरा उठाएर प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब दिइरहनुभएको छ नि ?
हामीले अहिले प्रधानमन्त्रीलाई राजीनामा दिनु भनेको छैन । हामीले भनेको त कोरोनाविरुद्ध लड्ने प्रभावकारी वातावरण बनाउन बैठक बोलाउनुप¥यो भनेका छौं । अर्को अध्यादेश आइसकेपछि पार्टीमा अविश्वासको वातावरण सिर्जना भएको त्यसलाई स्पष्ट पार्नुप¥यो भनेका छौं । अरु एजेन्डा भनेको सचिवालयका हुन्छन् । कुनै व्यक्तिका होलान् । अहिलेको बैठकको मुख्य एजेन्डा दुईवटा छन् । पहिलो अध्यादेश किन ल्याउनुपर्ने आवश्यकता भयो ? अर्को कोरोनाविरुद्ध लड्न कसरी प्रभावकारी वातारण सिर्जना गर्ने त्यसको बारेमा व्यापक रुपमा छलफल हुनुपर्छ ।
त्यसोभए तपाईंहरुले ‘एक व्यक्ति एक पद’को कुरा उठाउनुभएको छैन ?
त्यो त पहिलादेखि उठिरहेको कुरा हो नि । अहिले मात्रै होइन नि । प्रधानमन्त्रीले विगतमा भएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने भनेपनि अहिले सचिवालयमा ‘एक व्यक्ति, एक पद’ को कुरा उठेको हो ।
हिजो त प्रधानमन्त्री आफै बैठकबाट बाहिरिनुभयो नि ?
आक्रोशित किन हुनु उहाँले गल्ती मेरो हो । अब मिलेर जानुपर्छ । पार्टीको कामलाई प्रभावकारी बनाउनुपर्छ । म साथीहरुको सल्लाहअनुसार चल्छु । भन्ने कुरा भइसकेपछि काही न काही त विगतमा भएका त्रुटिहरुको कुनै न कुनै ढंगले करेक्सनतिर त जानुप¥यो । सबै आफ्नै मनभित्र यथावत राखेर जे–जे भयो भयो अब मिलेर जाऔं भनेर मात्रै त हुँदैन । हिजो भएका गल्तीकमजोरीको जिम्मा म लिन्छु भन्दा सच्याउन मिल्नेलाई त सच्याउँदा भयो । एक व्यक्ति एक पद’को कुरा गर्दा सबैतिर सम्भव नभए पनि यहाँ–यहाँ गरौं भनेर जाँदा पनि हुन्छ नि । त्यसलाई त उहाँले स्पष्ट राख्नुप¥यो नि ।
केपी ओलीको लागि ‘एक व्यक्ति एक पद’को कुरा आजको आवश्यकता को कि होइन ?
छ कि छैन भन्ने कुरा बैठकमा ल्याउनुप¥यो । सचिवालयमा त्यो कुरा उठिसकेपछि स्थायी समितिमा पो ल्याउनुप¥यो त । ‘लौ यस्तो, यस्तो कुरा आयो । अहिले उपयुक्त छैन’ भनेर ।
तर, हिजोको सचिवालय त बैठकमा त एजेन्डै बन्न सकेन नि ?
प्रधानमन्त्री आफैले भन्नुभएको हो, ‘अब सच्चिएर जान्छु, गल्ती, कमजोरी मेरो भयो । अबदेखि पार्टीको निर्देशन अनुसार सरकारमा चल्छु’ भनेर । त्योबाट भागेपछि पार्टीको निर्देशन र सल्लाह अनुसार कसरी भयो त ?
तपाईंहरु चाहीं बन्द कोठाभित्र बसेर प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गर्नुहुन्छ नि ?
बन्द कोठाभित्र बसेर हामीले केही गरेको छैन ऋषिजी ।
तपाईंहरु गुटको कोठे बैठक राख्नुहुन्छ नि ?
हामीले बैठकमा कसरी प्रस्तुत हुने भनेर सल्लाह गरेको हो कुनै गुटबन्दी गरेको होइन । बैठकको माग गर्ने हाम्रो अधिकार हो । बैठकमा दुईवटा एजेन्डा राखेर छलफल गर्नुपर्छ भनेको हो । त्यसमा प्रधानमन्त्रीले विश्वासको वातावरण बनाउनुभयो भने हेरौं त्यसपछि के हुन्छ भन्ने कुरा हो । त्यसरी बैठकबाटै भागेर चाहीं समस्याको समाधान हुँदैन ।
प्रधानमन्त्रीले त मेरोविरुद्ध जेपनि भन्नुभयो नि ?
बोल्नको निम्ति त अहिले जो पनि बोलिराखेको छ । अहिले कसैलाई पनि अंकुश छैन । जसलाई जे मन लाग्यो त्यही बोलिएको छ । दुई अध्यक्षलाई पनि अंकुश छैन, अरुलाई अंकुश छैन । त्यो प्रवृत्तिलाई पनि एउटा विधिमा लगेर नयाँ विधिको विकास गरौं भनेर हामी बीस जनाले त्यसमा पनि छलफल गरेका छौं । अब नयाँ विधिमा जानुप¥यो, पुरानो विधिले धानेन भन्ने कुरा मैले पनि राखेको छु । अहिले त पार्टी एकदम अराजक भयो । त्यसको समाधान त खोज्नुप¥यो । त्यसबाट नयाँ विधि र पद्धतिबाट चल्ने गरी उपाय त निस्किन्छ ।
प्रधानमन्त्रीको त आफूविरुद्ध विभिन्न ठाउँमा बैठक बसेर पार्टीलाई छिन्नभिन्न पार्न खोजेको आरोप छ नि ?
प्रधानमन्त्री आफू बालुवाटारमा बसेर मान्छेहरुलाई छुट्टाछुट्टै बोलाएर सिक्नेचर गराउनुहुन्छ त्यो चाहीं केही भएन । उहाँले त्यसो गरेको चाहीं वैधानिक भयो । त्यसैगरी अरुले पनि विभिन्न ठाउँमा बसेका छन् । बैठक गरेको छन् त्यसलाई त कसले रोकेको छ र ? त्यसलाई कस्ले रोक्ने ? कि उहाँले रोक्न सक्नुप¥यो ।
हिजो त स्थायी समिति बैठकको एजेन्ड बनाइ प्रधानमन्त्री त हिड्नुभयो नि ?
बैठक बस्नुप¥यो बैठकको लागि एजेन्डा बन्नुपरो । उहाँले त्यो बैठकमा आएर आफ्ना कुरा स्पष्ट राख्नुप¥यो ।
प्रधानमन्त्रीले त पार्टीमा अनुसासनहीनता बढ्यो भन्नुभयो नि ?
अनुशासनमा उहाँ नै बस्नुभएन नि । पहिला त अनुशासनमा बस्ने उहाँ हो । आफू चाहीं नबस्ने, अनुशासनमा बसेको भए त्यसरी अध्यादेश आउँछ त ? पार्टीमा सल्लाह नै नगरी त्यस्तो अध्यादेश ल्याउनुहुन्छ ? अध्यक्ष र प्रधानमन्त्रीले अनुशासन पालना गर्नुनपर्ने हामीले चाही पालना गर्नुपर्ने ?
तपाईंहरुले पनि प्रधानमन्त्रीलाई हटाउँछु भन्नुभयो नि ?
त्यो त माथिका लिडरहरुले गर्नुभएको हो । उहाँहरुले अनुशासनहीन काम गरिदिएपछि अरुले किन अनुशासन मान्छन् । उहाँहरु त गार्जेन हो नि अनि गार्जेनले नै त्यसो गरेपछि अरुले किन मान्छन् त । अनि अरुलाई दोष दिएर हुन्छ ?
प्रधकानमन्त्रीले त तपाईंहरुले गुटबन्दी गरेकोमा असन्तुष्टि व्यक्ति गर्नुभएको छ नि ?
उहाँका वरिपरि धेरै द्वन्द्वकालीन मुद्दामा नेताहरुलाई फसाउनेसम्मका छलफल र योजनाहरु हुन्छन् भन्ने हामीले सुनेका छौं । द्वन्द्वकालीन मुद्दामा त्यही फसाउनुपर्छ भन्नेसम्मका छलफल हुन्छन् भनेपछि अन्त के के छलफल भयो भन्ने कुराको के अर्थ भयो र ।
त्यसोभए प्रधानमन्त्रीको विकल्प तपाईंहरुले खोजेको छैन सही हो ?
अहिले कोरोनाविरुद्धको संघर्षमा हामी छौं । यो बेलामा प्रधानमन्त्रीलाई हटाउनुपर्छ भनेर हामीले भनेका छैनौं । तर, उहाँले विश्वासको वातावरण बनाउनुपर्छ । उहाँबाट भएका कमीकमजोरीको करेक्सन गर्नुपर्छ । यही तरिकाले उहाँ अगाडि जानुहुन्छ भने हामीले त भन्नुपर्ने हुन्छ ऋषिजी । उहाँबाट पहिलाका कमीकमजोरी सच्चिएनन् भने हामी वाध्य हुनुपर्छ । अहिले त त्यहाँ पुगेका छैनौं । त्यो कुरा उहाँले बुझ्नुपर्छ ।
जेभएपनि हिजो भनाभन त भयो नि ?
कम्युनिस्ट पार्टीभित्र भनाभन हुन्छ । बहस, छलफल हुन्छ । नराम्रो कुरा हो र त्यो ? ‘बादेबादे जयत्य तत्वबोध’ बहस र छलफलभित्रबाट किष्कर्ष निस्किने कुरा हो ।
माधव नेपालले छलफल गर्ने विषयमा आपत्ति जनाउन पाउनुहुन्न भन्न मिल्छ बैठकमा ?
उहाँले पनि भन्नुभएको छ । हामीले पनि भनेका छौं । गुटबन्दी नगरौं भनेर । प्रधानमन्त्रीले भन्नुप¥यो नि, ‘म पनि गटबन्दी गर्दिँन, तपाईंहरु पनि नगर्नुहोस’ भनेर त्यसमा तयारै छौं । उहाँ चाही बालुवाटारमा बसेर मजाले गुटबन्दी गर्ने अनि अरुलाई चाहीं तिमीहरुले गुटबन्दी ग¥यौं भन्न मिल्छ ?
अब बस्ने स्थायी बैठकमा कुरा मिल्छ ?
मिलाउनै पर्छ नि त्यसको अर्को के उपाय छ र ।
विवादको समाधान के त ?
खुलस्थ रुपमा छलफल गर्दै जाँदा सबै मिल्छ ।
तर, स्थायी समितिको बैठक चाहीं रोक्न मिल्दैन ?
त्यो त पटक्कै मिल्दैन ।
कतिदिनभित्र गर्ने त अब ?
चाँडोभन्दा चाँडो हुनुहुपर्छ ।
बजेट अधिवेशनपछि गर्दा के हुन्छ ?
अहिले सुरुआत गर्नुपर्छ कहिलेसम्म लाने भन्ने भोलि हुन्छ ।
तपाईंहरु आपसमा झगडा गरेर जनतालाई किन गाईजात्रा देखाउनुहुन्छ ?
बैठक बस्दा त सरकारलाई काम गर्न सहज हुन्छ नि । कोरोनाका कारण धेरै युवाहरु व्यरोजगार भएर विदेसबाट आउँदैछन् । तिनलाई कसरी मेनेज गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ ।
तपाईंहरुको आन्तरिक झगडाले त जनतामा राम्रो सन्देश गएन नि ?
झगडाको बीऊ त अध्यादेश ल्याएर प्रधानमन्त्रीले नै रोपिदिनुभयो नि । हामी त कोरोनाविरुद्धमा लडिरहेका थियौं । बीचमा अध्यादेश ल्याएर आफैले विषयान्तर गरिदिनुभयो नि ।