Logo

देवेन्द्र पौडेलको आक्रोश : केपी ओलीलाई कसले हटाउने भनेको छ ? नचाहिँदो कुरा गर्ने ? (भिडियोसहित)



काठमाडौं, २५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आफूहरुले प्रधानमन्त्री केपी शमौ ओलीलाई हटाउन नखोजेको स्पष्ट पारेका छन् । बरु, पार्टीलाई विधिसम्मत तवरले, सामूहिक र संस्थागत रुपमा अघि बढाउनको लागि माग गरिएको उनको भनाई छ । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले उनले यस्तो बताएका हुन् । उनले भने,-“उहाँसित हामीले खोजेको त चित्तबुझ्दो जवाफ हो । हामीले कहीँपनि भनेका छैन हटाउने कुरा ।”

यद्धपी उनले अहिले पार्टीले जे निर्णय गर्छ त्यसमा प्रधानमन्त्री ओली हिँड्नुपर्ने तर्क गरेका छन् । उनले अघि थपे,”हामीले उहाँलाई हटाउनेपनि भनेका छैनौं, हामीले उहाँलाई पद छोड्नुहोस पनि भनेका छैनौं ।”



प्रतिक्रिया दिनुहोस्