Logo

अहिले प्रधानमन्त्री ओली हटाउन खोज्नु गलत हो : सांसद लामा (भिडियोसहित)



काठमाडौं, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य नविना लामाले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खोज्नु गलत भएको भन्दै त्यतातर्फ नलाग्न आफ्नै पार्टीका शीर्ष नेताहरुलाई आग्रह गरेकी छिन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले धेरै राम्रो काम गरिरहेको पनि दाबी गरिन् । अहिले कोरोनाको महामारीविरुद्ध एकजुट भएर लड्नुपर्ने बेला भएकोले पार्टीभित्र विवाद गर्नुपनि गलत भएको उनको तर्क छ ।

उता, सोही कार्यक्रममा सहभागी तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले अहिले सरकार परिवर्तन गर्नुपर्ने बेला नभएको बताएका छन् । उनले आफ्नो दलले समेत प्रधानमन्त्रीको राजीनामा नमागेको अवस्थामा सत्तारुढ दल नेकपाकै नेताहरु खासगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुर्सीको लागि सुकुनीको भूमिका खेलेको आरोप लगाए । शाहीले प्रधानमन्त्री हटाउनेबारे कोरोना सकिएपछि कुरा गर्न सकिएपनि अहिले यस्तो कुरा गर्ने बेला नै नभएको जिकिर गरे । उनले भने,”आजको दायित्व भनेको कोरोनाबाट जनतालाई कसरी बचाउने भन्ने हो । यो बेलामा प्रचण्डले सकुनीको खेल गरेर सत्तामा जाने बेला हो र ? “



प्रतिक्रिया दिनुहोस्