काठमाडौं, २५ बैशाख । पार्टीको आज विहान ११ बजेबाट बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित् भएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही स्थायी कमिटी सदस्यहरू पार्टी मुख्यालय धुम्बाराहीमा भेला भएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका अधिकांश स्थायी कमिटी सदस्यहरु यतिवेला छलफलको लागि पार्टी कार्यालयमा भेला भएका हुन् ।