Logo

सचिवालय भंग गरौं, अब स्थायी कमिटीलाई बलियो बनाउनुपर्छ : रायमाझी



काठमाडौं, २५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीको हाई कमाण्ड कमिटी सचिवालय विघटन गर्न नेताहरुलाई सुझाव दिएका छन् । रायमाझीले सचिवालयको अब औचित्य नभएको भन्दै अब खारेज गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले समाधान दिन नसक्ने र कुनै निर्णय गर्न नसक्ने हो भने सचिवालयको के काम ? भनेर पनि प्रश्न गरेका छन् । पछिल्लो समय नेकपाको सचिवालय बैठकमा नेताहरुबीच मत मतान्तर बढिरहेको छ । सचिवालयको बैठकले स्थायी कमिटी बैठकको प्रस्ताव र एजेण्डा पनि तय गर्न नसकेपछि नेताहरु नेतृत्वप्रति असन्तुष्ट छन् ।



प्रतिक्रिया दिनुहोस्