Logo

पछिल्लो २४ घण्टामा नयाँ संक्रमित छैनन् : स्वास्थ्य मन्त्रालय



काठमाडौं, २५ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप मानिसमा कोरोनाको संक्रमण देखिएको छैन् । आज बिहीबार प्रयोगशाला परीक्षण गर्दा थप मानिसमा संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.25

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.25#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Thursday, 7 May 2020

बिहीबार अपरान्ह मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनको क्रममा डा. देवकोटाले यस्तो जनाएका हुन् । उनकाअनुसार देशभर १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै, आइसोलेसन १ सय ३३ जना रहेका पनि उनले जनाए । र, रेड जोनमा ३ सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ। File Photo



प्रतिक्रिया दिनुहोस्