Logo

डा. भीम रावलको आरोप : ‘केपी ओलीको विरोधका कारण स्थायी कमिटी बैठक स्थगित्’



काठमाडौं, २५ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोधका कारण आज बोलाईएको स्थायी कमिटी बैठक स्थगित् भएको गम्भिर आरोप लगाएका छन् ।
आज साँझ आफ्नो ट्विटरमा पार्टीको विधाननै सार्वजनिक गर्दै उनले २० जना स्थायी कमिटी सदस्यहरुले बैठक माग गर्दापनि बैठक नै बस्नु हुन्न भन्नु ओलीको स्वेच्छाचारी कदम भएको कडा टिप्पणी गरेका छन् । रावलले लेखेका छन्,”आज बोलाईएको नेकपा स्थायी कमिटीको बैठक प्र।मं। र पार्टी अध्यक्ष के।पी। शर्मा ओलीको विरोधका कारण स्थगित भएको छ ।पार्टीको विधि, पद्धति र मान्यता अनुसार नचल्ने र आफुखुशी निर्णय गर्ने शैली र व्यवहारले नै पार्टीमा समस्या उत्पन्न भएका छन् ।विधान र पार्टी निर्णय कस्ता छन् हेरौंः”

 



प्रतिक्रिया दिनुहोस्