Logo

छोराले बन्चरो प्रहार गर्दा आमा–बुवाको मृत्यु



तेह्रथुम, बैशाख २६ । यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बन्चरो प्रहारगरि बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् ।

सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नं फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ । कञ्चनले १०० नंम्बरमा फोन गरेसँगै प्रहरीले उसको पिछा गरिरहेको र भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको थियो ।

अहिले प्रहरी घटनास्थलमा रहेको र शवको पोष्ट्मार्टमका लागि जिल्ला अस्पताल लैजानी तयारी भइरहेको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्