Logo

लकाउनमा सेनाको कर्णेलले चलाएको कारको ठक्करले रविभवनमा युवक ठहरै



काठमाडौं, २६ बैशाख । काठमाडौंको रविभवनमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । आज बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । कारका चालक शिखर राणा हुन् । उनी नेपाली सेनाका प्रमुख सेनानी पदमा कार्यरत छन् ।

बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुध्दा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको ज्यान गएको हो ।

कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मासु बोकेर आएका थिए । दुर्घटनापछि सडकभर मासु छरिएको थियो । कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्