Logo

डडेल्धुरा पुरुषलाई नै अप्राकृतिक मैथुन गरेको आरोपमा एक जना पक्राउ



डडेल्धुरा, बैशाख २६ । अप्राकृतिक मैथुन गरेको आरोपमा डडेल्धुरामा एकजना पुरुष पक्राउ परेका छन्। जिल्लाको भागेश्वर गाउँपालिका – ४ का बिमल ओडलाई पुरुषलाई नै अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

ओड स्थानीय एक पुरुषलाई अप्राकृतिक मैथुन गरी फरार रहेकोमा बिहिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ओडमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्