Logo

प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच बालुवाटारको भेटवार्ताबारे पूर्व प्रधानन्यायाधीश पराजुली के भन्छन् ? (भिडियोसहित)



काठमाडौं, २७ वैशाख ।पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले कानून दिवसभन्दापनि न्याय दिवस मनाउनुपर्ने सुझाव दिएका छन् । हिजो (शुक्रबार) राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पूर्व प्रधानन्यायाधीश पराजुलीले कानून दिवसको सट्टा न्याय दिवस मनाउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्,”न्याय प्रणाली बलियो बनाउनुपर्छ । अदालतमा भ्रष्टाचार भएको छ । न्यायलयमा भ्रष्टाचार छ । न्यायलयमा पार्टीको लेवी बुझाउनेहरुको बाहुल्यता छ । अनि न्यायालय कसरी स्वतन्त्र हुन्छ ? कसरी चल्छ ?” उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारमा भेटेको कुरामा आपत्ति जनाए । उनले न्यायको सिद्धान्तअनुसार पनि प्रधानमन्त्री निवास गएर प्रधानन्यायाधीशजस्तो व्यक्तिले प्रधानमन्त्रीलाई भेट्न नहुने तर्क गरे । उनले भनेका छन्,”सार्वजनिक कार्यक्रम र निम्तोको कार्यक्रमबाहेक जान पाउँदैन् । यसरी भेट्नु गलत हो ।”

उनले अहिले देशमा संकट रहेको र परिस्थिति त्यति राम्रो नभएको पनि टिप्पणी गरे । न्यायालय आर्थिक रुपमा चलखेलको अखेडा बनेको पनि उनको गम्भिर आरोप छ । उनले भनेका छन्,”अहिले न्यायको सिद्धान्तअनुसार मुद्दा फस्र्यौट हुँदैन् । न्यायालय कसैको शिखण्डी बन्नुहुँदैन् ।”



प्रतिक्रिया दिनुहोस्