Logo

परिक्षण संख्या ७२ हजार नाघ्यो, ४ सय ८३ जना सम्भावित जोखिमको सूचिमा



वैशाख २७, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ७२ हजार २ सय ३९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार सात सय ४२ वटा परीक्षण भएको छ । हालसम्म १६ हजार ३ सय ९ जनाको पिसीआर परीक्षण र ५५ हजार ९ सय ३० जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ७०५५, प्रदेश दुईमा ५८९०, बागमति प्रदेशमा ९१०५, गण्डकी प्रदेशमा ६३७७, प्रदेश पाँचमा ६६३८, सुदूरपश्चिम प्रदेशमा १४,६९१ र कर्णाली प्रदेशमा ६१७४ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेका छन् । क्वारेन्टाइनमा रहँदा व्यक्तिगत सरसफाइमा ध्यान दिन मन्त्रालयले सुझाब दिएको छ । आइसोलेसनमा १ सय ४३ जना रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा २ जना मात्रै छन् । यो संख्या कोरोना संक्रमित भएर उपचार गराइरहेका र सम्भावित कोरोना संक्रमितको हो ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा २ सय ५४ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ३४ हजार ५१ पुगेको छ ।

तिमध्ये ३ सय ४० जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ४ सय ८३ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ । नेपालमा कूल संक्रमित १ सय ९ जनामध्ये ३१ जना उपचारपछि निको भइसकेका छन् । उपचाररत ७८ जना सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्