Logo

नेपाललाई भारतको जवाफ-“हामीले पूर्णतः भारतकै भूमिमा सडक बनाएका हौं”



काठमाडौं, २७ वैशाख । भारत सरकारले लिपुलेकमा बनाएको सडकबारे नेपालले आपत्ति जनाएकोमा आफ्नो जवाफ फर्काउँदै उक्त सडक भारतीय भूमिमै बनाएको दाबी गरेको छ । आज साँझ भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो दाबी गरेको हो । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आज दिउँसो एक विज्ञप्ती प्रकाशित गरेर आपत्ति जनाएको थियो । त्यसको जवाफमा भारतको विदेश मन्त्रालयले नवनिर्मित सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ ।

आजमात्रै नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि विज्ञप्ती निकालेर भारतीय कदमको विरोध जनाएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तीमा भारतीय कदमको निन्दा गरिएको छ ।

दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्