Logo

मध्यायनपछि हावाहुरी, मेघगर्जन र चट्याङ सहितको बर्षा



काठमाडौं, बैशाख २८ । देशका पश्चिमी भु–भागमा जारी बदलीका कारण आजको मौसममा सुधार नहुने देखिएको छ । पश्चिमी वायुको प्रभाव बढ्दैजादा देशका केही स्थानमा आज चट्याङसहितको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आईतबार देशको पुर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमको पहाडी भूभाग आंशिक बदली रहेको महाशाखाद्वारा जारी सन्देशमा उल्लेख छ।

महाशाखाका अनुसार आज मध्यायनपछि देशका विभिन्न भागमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षाको समेत सम्भावना रहेको छ ।

बाँकी भु–भागमा सामान्यतया सफा रहने अनुमान गरिएको छ ।साथै मध्य र पुर्वका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आज राति देशको पश्चिमी भु–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली कायमै रहनेछ।



प्रतिक्रिया दिनुहोस्