Logo

सबैभन्दा धेरै परिक्षण सुदूरपश्चिममा, ५ सय ४ जना सम्भावित जोखिमको सूचिमा



वैशाख २८, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ७३ हजार ५ सय ५५ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ वटा परीक्षण भएको छ । हालसम्म १६ हजार ८ सय ९८ जनाको पिसीआर परीक्षण र ५६ हजार ६ सय ५७ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ७०५५, प्रदेश दुईमा ५८९०, बागमति प्रदेशमा ९१८१, गण्डकी प्रदेशमा ६३७७, प्रदेश पाँचमा ६७७४, सुदूरपश्चिम प्रदेशमा १४,९१० र कर्णाली प्रदेशमा ६३६३ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा क्वारेन्टाइनमा १३ हजार ६ सय २५ जना रहेका छन् । क्वारेन्टाइनमा रहँदा व्यक्तिगत सरसफाइमा ध्यान दिन मन्त्रालयले सुझाब दिएको छ । आइसोलेसनमा १ सय ६४ जना रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा ३ जना मात्रै छन् । यो संख्या कोरोना संक्रमित भएर उपचार गराइरहेका र सम्भावित कोरोना संक्रमितको हो ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा १ सय ९ सय ८६ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ३४ हजार २ सय ५७ पुगेको छ ।

तिमध्ये ३ सय ४० जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ५ सय ४ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ । नेपालमा कूल संक्रमित १ सय १० जना रहेका छन् भने तिमध्ये ३३ जना उपचारपछि निको भइसकेका छन् । उपचाररत ७७ जना सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्