Logo

नेपाल-भारत सीमामा सरकारले पर्खाल लगाउने हिम्मत गरोस्, म एक करोड सहयोग गर्छु : पर्यटन व्यवसायी खत्री



काठमाडौं, २८ वैशाख । पर्यटन व्यवसायी प्रेम के. खत्रीले नेपाल सरकारले भारतसँगको सीमानामा पर्खा लगाउन हिम्मत गर्नुपर्ने धारणा राखेका छन् । अमेरिकाले मेक्सिकोको सीमामा स्थायी रुपमा पर्खाल लगाउने सुरु गरेझैं नेपालले पनि भारतसँगको सीममा स्थायी रुपमा पर्खाल बनाउनुपर्ने उनको सुझाव छ । सामाजिक फेशबुकमार्फत उनले सरकारलाई यस्तो आग्रह गरेका हुन् । र, उनले सरकारले यस्तो हिम्मत राख्छ भने नेपालीबाट नै पैसा उठाएर यो काम गर्न सकिने विश्वास दिलाएका छन् । उनले भनेका छन्, कुने दिन यस्तो महान कार्यक्रमा सहयोग गर्ने अवसर जुट्यो भने म एक करोडसम्म खुशीका साथ दिनेछु ।

खत्रीले फेशबुकमा लेखेका छन्,”अमेरिका र मेक्सिको को सिमा मा इस्थाई पर्खाल लगाई सिमा मा हुने अपराधिक क्रियाकलाप रोक्न तथा आफ्नो देसको सिमा सुरछ्या गर्ने उदेस्यले आफ्नो देसको सरकारलाई सहयोग गर्न अमेरिका का Brian Kolfage ले गो फन्ड मि भन्ने website बाट “We The People BUILT the Wall” भन्ने क्याम्पेन मार्फत आज सम्म USD 25,489,100 अर्थात् नेपालि रुपैया ३,१०९,६७०,२०० आफ्नै देसको नागरिकहरु बाट कलेक्सन गरेका छन्। हाम्रो देस को सरकार ले पनि एस्तो हिम्मत राख्छ भने हामी नेपाली बाट नै पैसा उठायर यो काम गर्न सक्छौ। कुनै दिन योस्तो महान कार्यमा सहयोग गर्ने अवसर जुट्यो भने म १ करोड सम्म खुसीका साथ दिने छु। https://www.gofundme.com/f/TheTrumpWall”



प्रतिक्रिया दिनुहोस्