Logo

प्रधानमन्त्री ओलीलाई बाबुरामको सुझाव : “लिपुलेकवारे बक्तव्यवाजी सट्टा कानूनी उपचारको तयारीमा लाग्नु वेश होला !”



काठमाडौं, २८ वैशाख । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिपुलेकबारे वक्तव्यबाजी गर्नुभन्दा गम्भिर कुटनीतिक पहल र कानूनी उपचारको तयारीमा लाग्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आज राति एक ट्विट गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले यस्तो लेखेका छन्,”लिपुलेकवारे सबै राजनीतिक दल र जनस्तरबाट स्वस्फूर्त रूपमा पोखिएको देशभक्तिको भावना स्तुत्य छ।यसलाई प्रम @kpsharmaoli  ले आफ्नो गैरजिम्मेवारीपन,अन्तर्राष्ट्रिय अविश्वसनीयताको अनुमोदन ठान्ने गल्ती गर्नुभएन! बक्तव्यवाजी सट्टा गम्भीर कुटनीतिक पहल,क़ानूनी उपचारको तयारीमा लाग्नु वेश होला!”



प्रतिक्रिया दिनुहोस्