काठमाडौं, २९ वैशाख । डा. ठाकुरमोहन श्रेष्ठले नेपालको अबको विकल्प भनेको नै राजसंस्थासहितको नेपाली माटो सुहाउँदो प्रजातन्त्र भएको बताएका छन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनी यतिवेला राष्टिय शक्ति नेपालको राष्टिय अभियन्ताको रुपमा कार्यरत छन् । उनले आफूहरु राजनीतिको मुल सुधारको लागि अभियानमा जुटेको पनि स्पष्ट पारे ।