Logo

राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन : सीमामा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउ



काठमाडौं, २९ वैशाख । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सरकारलाई भारतसँगको सीमा क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

नेपाल आउन चाहने नेपाली नागरिकहरुले सीमा क्षेत्रमा सास्ती भोगेको समितिले निश्कर्ष निकालेको छ । समितिले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेहरूलाई समेत स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित् थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्