काठमाडौं, २९ वैशाख । चीनले नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि अत्यावस्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको सहयोगस्वरुप ती सामग्री हिजोमात्रै नेपाल आईपुगेका थिए । आज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ती सामग्री प्रदान गरेका हुन् ।
राजदूत यान्छीले मन्त्री ढकाललाई प्रदान गरेका सामग्रीमा ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान रहेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम