Logo

नेपाल-भारत समस्या समाधानको लागि हामीले कोशिस नै गरेनौं : पाण्डे (भिडिओसहित)



काठमाडौं, २९ वैशाख । पूर्व परराष्टमन्त्री तथा बरिष्ठ कुटनीतिज्ञ रमेशनाथ पाण्डेले नेपाल भारत सम्बन्धमा लामो समयदेखि विश्वासको संकट परिरहेको बताएका छन् । उनले भने,”त्यो विश्वासको संकटलाई बढाउने कोशिस हामीले गरेनौं । हामीले यसलाई राजनीतिको मुद्दा बनायौं । दुई देशकाबीचमा लामो समयदेखि समस्या थियो र छ । ती समस्याहरुको समाधान गर्नको निम्ति हामीले कोशिस गरेनौं । हामीले ठूलो ठूलो कुरा गर्यौं । भारत र नेपालबीचका सन्धिहरु परिवर्तन गर्न हामीले हतियारको राजनीतिपनि गर्यौं ।” सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्