Logo

‘लिम्पियाधुरा नेपालको नक्शामा छैन, मन्त्री अर्यालले बोलेको कुरा सही हो’ : बराल



काठमाडौं, ३० वैशाख । परराष्ट्रविद् डा. लोकराज बरालले नेपाल भारत द्धिपक्षीय समस्या समाधानको लागि नेपालले भारतको विश्वास जित्नुपर्ने बताउँदै त्यसको लागि वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।  आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बरालले यस्तो बताएका हुन् । उनले भारतसँग डिल गर्दाखेरि पहिला विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले जुलुश र विरोध प्रदर्शन गर्दैमा समस्याको समाधान नहुने भन्दै त्यसका लागि त द्धिपक्षीय समझदारी बनाउनुपर्ने तर्क गरे । उनले भनेका छन्, “भारतको मन जित्न सक्नुपर्छ । मोदीको मन जित्न सक्यौं भने समस्याको समाधान हुन्छ । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा दिन सक्छ । त्यो उसको कुरा हो । बंगलादेशमा जसरी समाधान गर्यो, त्यसैगरि हामीसँगको सीमा विवादको समाधानपनि उसले गर्न सक्छ । हाम्रो नेतृत्व दुरशर्दी हुनुपर्यो । राजनेता हुनुपर्यो । अहिले दुरदर्शी नेता नै छैनन् ।”

भारतका लागि पूर्वराजदूत समेत रहेका बरालले लिम्पियाधुरा सुरुदेखि नै नेपालको नक्शामा नभएको स्पष्ट पारे । भूमि व्यवस्थामन्त्री पद्यमा अर्यालले ईतिहासदेखि नै लिम्प्यिाधुरा नेपालको नक्शामा छैन भनेर बोलेको कुरा सही भएको उनको भनाई छ । उनले भनेका छन्,”लिपुलेक र कालापानी हाम्रो नक्शामा छ । तर, लिम्पियाधुरा छैन् ।”

उनले नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले जसरी विरोध गरिरहेका छन् त्यो गलत भएको समेत टिप्पणी गरे । उनले द्धिपक्षीय समस्याको समाधानको लागि पहिले सहमतिको वातावरण बनाउनुपर्ने बताउँदै वार्ताको आजको भोलि हुने कुरा नभएकोले पहिले विश्वास जित्नकोलागि नेपालले पहल गर्नुपर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्