Logo

भारतसँगको सीमा विवाद कसरी समाधान गर्ने ? लोकराज बरालको यस्तो छ सुझाव (भिडियोसहित)



काठमाडौं, ३१ वैशाख । प्राध्यापक डा. लोकराज बरालले अहिले नेपाल-भारत सम्बन्धमा उतारचढाव आएको र वादविवाद बढेको बताएका छन् । उनले भने-“सामान्तय यसको वेभ समुन्द्रकोजस्तो तल र माथि भैरहन्छ । तर, अहिले यसको वेभ अलिक माथि आएको छ ।” दुई देशबीच सौहार्दपूर्ण वातावरण बनेको बेलामा समस्या समाधानको लागि पहल गरिनुपर्ने उनको सुझाव छ ।

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीमा बरालले भारतले सदासहायता देखाए समस्याको समाधान हुने तर्क गरे । उनले लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवाद हल गर्नको लागि दुवै पक्षले संयुक्त टोली बनाउने, अहिलेको वैज्ञानिक आधारमा काली नदी कुन हो ? भनेर एउटा निर्णय गर्नुपर्ने बताए । झारा टार्नेगरि वार्ता नगरेर निश्कर्ष र सकारात्मक नतिजा निकाल्नेगरि वार्ता गर्नुपर्ने पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्