Logo

रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन होमियोपेथिक औषधी प्रयोग गर्न मित्तल र केसीको आग्रह (भिडिओसहित)



काठमाडौं, ३१ वैशाख । होमियोप्याथिक चिकित्सालयका सञ्चालक तथा नेपाल मारवाडी सेवा समाजका पूर्व अध्यक्ष पवन मित्तलले होमियोप्याथिक उपचारकै कारण बेलायत र ईटालीमा कोरोना भाइरसबाट संक्रमित धेरै विरामी निको भएको दाबी गरेका छन् । होमियोप्याथिक औषधीले मानिसमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने पनि उनको भनाई छ । आफूहरुले होमियोप्याथिक औषधीको लागि कसैसँगपनि सहयोग नलिएको उनले दाबी गरे । तर, चिकित्सकहरुबाट प्राविधिक सहयोग भने लिईएको उनले जनाए । उनकाअनुसार अहिले अढाई लाख व्यक्तिलाई पुग्नेगरि औषधी बनाईएको छ । मित्तलसँगै कार्यक्रममा उपस्थित् होमियोपेथिक चिकित्सक डा. बलराम केसीले आफूहरु यसमा लागेको २४ वर्ष भैसकेको जनाए ।

पूरा भिडियो हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस्