काठमाडौ, ३१ बैशाख । नायिका करिश्मा मानन्धर अहिले दिन दुखीको साहारा बनेकी छिन् । लकडाउनको कारण समस्यामा परेका बुढानिलकण्ठका मानिसहरुलाई करिश्मा मानन्धर र रेखाशर्मा चौधरीले आज राहत वितरण गरेका हुन् ।
उनले मानिस धनको धनी भन्दा मनको धनी हुनुपर्ने आशय दिएकी छिन् । करिश्माले गोदावारी स्थित आफ्नै घरबाट पनि राहत वितरण गरेकी थिइन् । उनी चलचित्रको साथै समाज सेवामा पनि अग्रसर छिन् ।