वैशाख ३१, काठमाण्डौ । कोरोना सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू भएको लकडाउन भएको ५१ दिन भएको छ । लकडाउनको अवधिमा देशभर आत्महत्या र बलात्कारको अपराध बढेको छ । अन्य विभिन्न शीर्षकको अपराध पनि रोकिएको छैन ।
लकडाउन अवधिमा सामाजिक हिंसा, बलात्कार, आत्महत्या, दुव्र्यवहारलगायत हिंसाका घटना देखिएका हुन् । ५१ दिनमा सात सय १५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या सगैँ बलात्कारका घटना बढेको नेपाल प्रहरीले जनाएको छ । सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि वैशाख ३१ गतेसम्म ७ सय १५ जनाले आत्महत्या गरेको छन् भने ५३ बलात्कारको घटना भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सबैभन्दा धेरै आत्महत्याको घटना प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ रहेको छ । आत्महत्या गर्न उनीहरुले पासो प्रयोग गरेको देखिएको छ । अर्थात् सबैभन्दा धेरै मानिस झुन्डिएर आत्महत्या गरेका छन् । विष खाएर ९३ जना र झुण्डिएर ६०९ जनाले आत्महत्या गरेको नेपाल प्रहरीका प्रवक्ता निरज बहादुर शाहीले जानकारी दिए ।
लकडाउन अवधिमा घटनाहरुमध्ये वैशाख १ गते देखि २७ गते सम्म लागु औषधमा १०८, कालोबजारीमा ३९, जवरजस्ती करणीमा १५५, यौन बाल यौन दुराचारमा १७, विद्युतिय कसुर तथा साईबर अपराधमा ९, बैकिङ कसुरमा ८५, सार्वजनिक बान्ती विरुद्धको कसुर ६६, सार्वजनिक हित स्वाथ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर २७३, लागुऔषध १८८, साधारण चोरी ४७, ज्यान मार्ने उध्योग ६०, भवितत्य ज्यान ३ सय ३३, वटा घरेलु हिंसा, २१ वटा सामाजिक हिसा, ३४ वटा बलात्कार, ७५, आत्महत्या गर्न दुरुत्साहनका १४ वटा घटना तथ्याङ्कमा उल्लेख छ । सबैखाले घटना तथा अपराधलाई कानुनी दायरामा ल्याउने गरिएको प्रवक्ता शाहीले बताए ।
गएको आर्थिक वर्ष ०७५–७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका थिए । २७३–७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७४–७५ मा आत्महत्या गर्नेको संख्या झनै उकालो लाग्यो र ५ हजार ३ सय १७ पुगेको थियो । विगतको तथ्याङलाई हेर्दा नेपालमा दैनिक १४ देखि १५ जनाले आत्महत्या गरेको देखिन्छ ।