Logo

भारतले मिचेको भूमी फिर्ता गर्नु मुख्य कार्यभार हो, प्रधानमन्त्रीलाई विषयान्तरको कुबुद्धि नआओस् : डा. लामिछाने



काठमाडौं, १ जेठ । जापानको चुकुवा विश्वविद्यालयका प्राध्यापक डा. कमल लामिछानेले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नु नै अहिलेको सरकारको मुख्य कार्यभार भएकोले लिपुलेक कसैलाई भाडामा दिनेगरि विषयान्तर नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई विषयान्तरको कुबुद्धि नआओस् भनेर समेत टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो धारणा राखेका हुन् ।

लामिछानले टिव्टरमा लेखेका छन्-“भारतले मिचेको भूमी फिर्ता गर्नु मुख्य कार्यभार हो नकि लिपुलेक कसैलाई भाडामा दिनेगरी विषयान्तर गर्नु । प्रधानमन्त्रीलाई विषयान्तरको कुबुद्धि नआओस् , एक ढिक्का भई राजनीतिक र कुटनीतिक पहल होस् ,नबिकेका विज्ञहरूको सल्लाहाकार समुह बनाई अहिलेको सल्लाहाकार समुहलाई विदा गरियोस् ।”  लामिछानेले ‘युनिभर्सिटी अफ टोकियो’ बाट विद्यावारिधि गरेका छन् । उनी हाल अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अनुसन्धानकर्ताका रुपमा पनि कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्